एमसीसी पारित हुनु केही दिनअघि त्यसलाई असफल बनाउने प्रस्ताव लिएर प्रचण्ड ओलीसँग भेटेको नारायाणकाजीको आरोप — OSNepal

एमसीसी पारित हुनु केही दिनअघि त्यसलाई असफल बनाउने प्रस्ताव लिएर प्रचण्ड ओलीसँग भेटेको नारायाणकाजीको आरोप

LC (KTM) July 17, 2022 0

काठमाडौं १ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले एमसीसी पारित हुनु केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसलाई असफल बनाउने प्रस्ताव लिएर एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गरेको खुलासा गरेका छन् ।

‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ कार्यक्रममा ओलीले दिएकोअभिव्यक्तिको खण्डन गर्ने क्रममा नेता श्रेष्ठले एमसीसी पारित हुनु केही दिनअघि भेटवार्ता भएको खुलासा गरेका हुन् ।

हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड मलगायत केही कमरेडहरू उहाँ (ओली)लाई एमसीसी अनुमोदनलाई संसदबाट मिलेर असफल पारौँ र नयाँ गठबन्धन बनाएर अघि बढौँ भन्ने प्रस्ताव लिएर गएका थियौँ,’ उहाँले त्यसबेला एमसीसी सम्झौतामा राष्ट्रिय हितविपरीतका कुनै प्रावधान नरहेकाले यो त्यस्तो विषय होइन भनेर जोड दिनु भएको थियो ।’श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

‘संसद कमजोर भएकाले त्यो पारित गर्‍यो, त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन। यो पनि सत्य होइन,’ श्रेष्ठले भने

ओलीले तत्कालीन नेकपाको केन्द्रीय समितिलगायतका बैठकमा एमसीसी विशुद्ध आर्थिक विकासको परियोजना भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर