बागलुङमा कोरोना सङ्क्रमणबाट २६ वर्षीया युवतिको मृ त्यु — OSNepal

बागलुङमा कोरोना सङ्क्रमणबाट २६ वर्षीया युवतिको मृ त्यु

LC (KTM) June 19, 2021 0

बागलुङ, ५ असार- बडिगाड गाउँपालिका–६ की कोरोना सङ्क्रमित २६ वर्षीया महिलाको गएराति उपचारका क्रममा धवलागिरि अस्पतालमा मृ त्यु भएको छ । एन्टिजिन परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई शुक्रबार मात्रै अस्पताल भर्ना गरिएको थियो । अस्पताल आउँदा नै महिलाको अवस्था गम्भीर बनेको र चिकित्सकले हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकेको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले बताउनुभयो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको उहाँको भनाइ छ ।

कोरोना महामारीको पहिलो लहरमा जम्मा ११ जनाको मृ त्यु भएकामा गत वैशाखयता शुरु भएको दोस्रो लहरमा ३९ जनाले ज्यान गुमाउनुपरेको छ । जिल्लामा पहिलोपटक विसं २०७६ चैत १५ मा कोरोना सङ्क्रमणको घटना पुष्टि भएको थियो । त्यसयता चार हजारबढीमा कोरोना  सङ्क्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५० रहेको स्रोत व्यक्ति घिमिरेले जानकारी दिनुभयो ।

पछिल्लो समय सङ्क्रमणको दरमा केही कमी आएको छ । अस्पतालमा पनि कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ ।सङ्क्रमण घटेपनि जनस्वास्थ्यका मापदण्ड पालनामा लापरबाही नगर्न चिकित्सकले सुझाउँदै आएका छन् । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गत वैशाख २१ गतेदेखि जिल्लामा निषेधाज्ञा जारी छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर