सर्ट फिल्म 'मिरा'को ट्रेलर बाहिरियो — OSNepal

सर्ट फिल्म ‘मिरा’को ट्रेलर बाहिरियो

LC (KTM) July 16, 2022 0

सर्ट फिल्म ‘मिरा’ दी टेल्स अफ लाइफ निर्माण भएको छ l समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ l युट्युब च्यानल अश्भी फिल्म्सबाट रिलिज गरिएको ट्रेलरलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी हुन् lकला- क्षेत्रमा केही गर्ने अठोटका साथ निर्माण गरेकी पण्डितको यो डेब्यु फिल्म हो l

पेशाले सफ्टवेयर इन्जिनियर रहेता पनि कला क्षेत्रका साथै दर्शकलाई फरक स्वाद दिने उद्देश्यका साथ पण्डितले यस फिल्मको निर्माण गरेकी हुन् l

फिल्मको कथा पक्ष नै कमजोर भइरहेको भन्दै लामो समयदेखि बहस भइरहेका बेला नेपाली फिल्म क्षेत्रलाई चुनौती दिँदै आफू यस क्षेत्रमा आएको निर्देशक पण्डित बताउँछिन् । भोलिका दिनमा पनि अन्य फिल्महरूको निर्माण तथा निर्देशन गरी दर्शकलाई नयाँपन दिँदै यसै क्षेत्रमा सक्रिय भएर अघि बढ्ने उनको भनाई छ l

फिल्ममा उनी कलाकारको रूपमा पनि देखिएकी छन् l उनलाई अभिनयमा कलाकार अर्नभी ढुङ्गाना, मौसम खड्का र अभिषेकले साथ दिएका छन् l अनिल कटुवालले दृश्य कैद गरेको भिडियोलाई बिजेश पौडेलले सम्पादन तथा कलरिङ् गरेका हुन् भने फिल्मको साउन्ड डिजाइन सन्जल भण्डारीको रहेको छ l फिल्ममा स्पट डाइरेक्टरको रूपमा अशोक भुजेलले साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर