काठमाडौँ :
एक महिला आफ्नो आँखीभौँ मिलाउन पार्लर गएपछि उनको अनुहारको स्वरुन बिग्रिदै गयो । उनको आइब्रोमा एलर्जी भएपछि उनको अनुहार झन् झन् बिग्रिएपछि उनी निक्कै आत्तिइन् ।
क्यानडाकी ३१ वर्षिय मिशेल क्लार्कले आफ्नो अनुहारमा एक्कासी बढेको एजर्लीलाई सहन नसकेपछि उनी तत्कालै डाक्टरकोमा गइन् र उपचार सुरु गरिन् ।
सुरुमा उनी आँखी भौँ मिलाउनका लागि पार्लर गएकी मिशेल जब पार्लरको काम सेर घर फर्किन्छिन् त्यसपछि नै उनले असहज महशुस गर्दै आँखीभौँ वरवर घाउ आएके महशुस गर्छिन् र त्यो अनुहारभरी एलर्जीका रुपमा फैलिएको कुरा डाक्टरलाई बताउँछिन् ।
३ देखि ४ हप्तासम्म त उनले निरन्तर चिकित्सकको परामर्समा औषधी लगाउने र खाने काम गरेता पनि उनको यो समस्याको समाधान हुन करिब १० हप्ता लागेको भन्दै उनले एउटा भिडियो समेत सेयर गर्दै भनिन् जहाँ पायो त्यही व्युर्टीपार्लरमा कहिल्यै नजानुहोस् ।
बरु एक्सपर्ट ब्युटिसियनकोमा गएर केही महंगो शुल्क तिरेर आफ्नो काम गर्नुहोस् र राम्री बन्नुहोस् ।
नयाँ र सिकारु व्युटिसियनहरुकहाँ गएर आइब्रो बनाउँदा मेरो जस्तो समस्या नहोला भन्न सकिन्न उनले भिडियोमा भनेकी छिन् ।