कमल थापा भन्छन् 'संसदीय चुनाव नजिकिँदै गइरहेका बेला वाह्य शक्तिहरूको चलखेल बढ्न थाल्यो' — OSNepal

कमल थापा भन्छन् ‘संसदीय चुनाव नजिकिँदै गइरहेका बेला वाह्य शक्तिहरूको चलखेल बढ्न थाल्यो’

LC (KTM) July 16, 2022 0

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संसदीय चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको भन्दै आपत्ति जनाएका छन् ।

शनिबार बिहानै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकुल कठपुतली तयार गर्ने होडमा रहेको समेत आरोप लगाएका छन् ।

देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको औल्याउँदै थापाले लेखेका छन् – संसदीय ​ चुनाव नजिकिँदै गर्दा वाह्य शक्तिहरूको चलखेल बढेको छ। महा शक्तिहरु आफ्नो अनुकुल कठपुतली तयार गर्ने होडमा छन्।

दिल्ली,वेईजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन्। राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ। नेपाली जनता सचेत बनौँ,अझै केही राष्ट्रवादी जिउँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर