नेपालीहरु हिरो हुन् भन्दै डब्लुएचओ प्रमुखले गरे तारिफ — OSNepal

नेपालीहरु हिरो हुन् भन्दै डब्लुएचओ प्रमुखले गरे तारिफ

LC (KTM) June 19, 2021 0

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयसले नेपालीहरु हिरो भएको उल्लेख गरेका छन् । नेपालको मुस्ताङस्थित लेतेमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासले विश्वको ध्यान खिचेको तारिफ गर्दै डब्ल्यूएचओका प्रमुख डा।टेड्रोसले एड्हानोम गेहब्रेयसको पनि सोह्री भिडियोले ध्यान खिचेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको सो भिडियोलाई प्रमुख गेहब्रेयसले सेयर गर्दै स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् । उक्त भिडियोमा नेपालका स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप एक स्थानबाट अर्को स्थानमा पुर्‍याउनका लागि बाढी आएको खोलामा अपनाएको तरिका अनौठो छ ।

पुल नभएको दुर्गम गाउँमा स्वास्थ्यकर्मीले लट्ठीको सहाराले खोप दिइरहेको देखिन्छ । उनले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् । जुन भिडियो अहिले भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर