साउन १ गते देखी लागु हुने गरी काठमाडौं महानगरले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै दिन संकलन गर्ने, नगरेमा ५०० जरिवाना — OSNepal

साउन १ गते देखी लागु हुने गरी काठमाडौं महानगरले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै दिन संकलन गर्ने, नगरेमा ५०० जरिवाना

LC (KTM) July 16, 2022 0

काठमाडौं, असार ३२ :

काठमाडौं महानगरपालिकाले भोलि साउन एक गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहर छुट्टा छुट्कै संकलन गर्ने भएको छ । महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।

वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने महानगरपालिकाले जनाएको छ ।

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ ९थ० तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई सचेत र जानकारी गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर