पूजाले धोका दिएपछि करुणालाई रोजे आकाशले, के करुणाको प्रेममा छन् आकाश ? — OSNepal

पूजाले धोका दिएपछि करुणालाई रोजे आकाशले, के करुणाको प्रेममा छन् आकाश ?

LC (KTM) July 15, 2022 0

काठमाडौँ ।

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा लामो समयसम्म प्रेम सम्बन्धमा रहे । तर जब पूजाले युद्ध बानियाको साथ पाइन् त्यसपछि उनले आकाशलाई साइड लगाइदिइन् ।

पूजा र आकाशको सम्बन्ध पानीबाराबारको अवस्थामा पुग्यो । उनीहरुले एक अर्काका विरुद्धमा विभिन्न अभिव्यक्तिहरु दिन थाले ।

यही बिचमा उनीहरुको फिल्म ‘संझना विर्सना’ शुक्रबारबाट रिलिज भयो । फिल्म ‘संझना विर्सना’को प्रचारमा दौडिरहेका छन् । रंग पत्रकार प्रकाश सुवेदीको शोमा पुगेर कुराकानी गरेका आकाशले चर्चाकी प्रेमिका करुणा श्रेष्ठलाई नायिका पूजा शर्माको विकल्पमा रोजेका छन् ।

करुणा कि पूजा भन्ने प्रश्नमा केही समय घोत्लिएका आकाशले करुणालाई रोजे । यद्यपी आकाश प्रेममा रहेपनि त्यसलाई लुकाउन माहिर छन् । सार्वजनिक रुपमा उनले कहिले पनि प्रेम स्विकार गर्दैनन् । यसैले, पनि उनले करुणासँगको प्रेम स्विकार गरेका छैनन् ।

‘रामकहानी’बाट सुरु भएको पूजा र आकाशको प्रेमालापको यात्रा अगाडी नबढे पनि यो जोडीलार्य दर्शकले पटक पटक एकसाथ देख्न भने खोजीरहेको छ ।

पूजाकै कारण आफू यो स्थानमा रहेको आकाशले बारम्बार स्विकार पनि गर्दै आएका छन् । करुणासँग भने उनले केही म्यूजिक भिडियोमा मात्र काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर