काठमाडौं । बलिउड अभिनेत्री जाह्नवी कपूरले आफ्नो ब्वाइफ्रेण्डले ‘चिकन सलाद’ अर्डर नगरेकै कारण ब्रेकअप गरेकी खुलासा गरेकी छन् । ‘कफी विद करण–सिजन ७’को दोस्रो एपिसोडमा
जाह्नवीले यस्तो खुलासा गरेकी हुन् ।
शोमा आफ्नो प्रेम जीबनबारे खुलेर यस्तो कुरा गरे पछि जान्भीले सँगै गएकी उनकी मिल्ने साथी सारा करण मज्जाले हासेका थिए । जाह्नवीले सोही विषयलाई लिएर आफ्नो ब्वाइफ्रेण्डसँग निकै झगडा गरेपनि ६ घण्टापछि पुनः प्याचअप भएको बताइन् । ’
उक्त शोमा जाह्नवीको ड्रेसिङ सेन्स र पर्सनालिटीबारे करणले खुलेरै तारिफसमेत गरेका थिए । त्यस्तै करणले जाह्नवीलाई सेक्सी र हटको ट्यागसमेत दिएका थिए । त्यस्तै शोमा सँगै जान्भीले पनि आफ्नो प्रेम जीवन काम बारे खुलेर कुरा गरेकी थिइन् ।