विजय थापा ।नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया च्याप्टरका सभापति राम शरण हुमागाईले सभापतीको हैसियत र ज़िम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् ।उनले सामाजिक संजाल फेसबुक(अनुहार किताव )मार्फत जुलाई १४ का दिन अमेरिकी पूर्वीय समय अनुसार राती करिव ९ बजे आफ्नो धारणा प्रकाशन गरेका छन् ।
उनले साधारण भाषामा च्याप्टर अधिवेशनक़ो अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा नेजसस अमेरिका भर्जिनियाको सभापतीको हैसियत र ज़िम्मेवारी बाट आज देखी अलग हुने निर्णय गरेक़ो छु भनि लेखेका छन् ।राम शरण हुमागाई नेपाली कांग्रेस पार्टीको भात्री संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टर(शाखा)को विभिन्न पद र ज़िम्मेवारीमा लामों समय देखी क्रियाशील रहदै आएका छन् ।
सन २०१० मा नेजसस भर्जिनिया च्याप्टर(शाखा)को स्थापनासंग़ै निर्वाचित उपसभापती र सन २०१४ मा च्याप्टर(शाखा) सभापती निर्वाचित भै ज़िम्मेवारी निर्वाह गर्दै आएका छन् । साथै हाल उनि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन ।च्याप्टर (शाखा)अधिवेशन सम्पन्न गरेर विधिपूर्वक नया कार्यसमितिलाई ज़िम्मेवारी हस्तान्तरण गर्ने अभिलाषा बोकेर पदावधि सकिएर पनि च्याप्टरका कामकाज तथा गतिविधिलाई आजका मिति सम्म सभापतीको हैसियतमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको थिए भनि बिज्ञप्तिमा जनाएका छन् ।
पटक पटक अधिवेशनको माग र प्रयास हुदाहुदै पनि पार्टी नेतृत्व र जनसंपर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकी रहेक़ो समेत उनले सबैको ध्यानाकर्षण गराएका छन् ।
समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति साथीहरू समक्ष क्षमायाचना पनि उनले मागेका छन् ।
अहिले सम्म पनि निश्चित समयावधि तोकेर अधिवेशन सम्पन्न गराई केन्द्र र च्याप्टरहरूमा नया नेतृत्व चयन र ज़िम्मेवारी हस्तान्तरण तत्काल ग़र्ने वातावरण नदेखिएको तितो यथार्थ पनि हामी सामु छर्लंगै छ भनि स्पष्ट गराएका छन् ।
उनले केही आफ्ना भनाई स्पष्ट राख्दै बर्तमान परिस्थितिलाई मध्येनज़र गर्दै मिति (१३ जुलाई २०२२) बाट नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको सभापतीक़ो पदिय हैसियत तथा ज़िम्मेवारीबाट अलग भएको ब्यहोरा सबैमा जानकारी गराएको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।
साथै उनले जनसम्पर्क समितिको च्याप्टर स्थापना देखी हालसम्म भर्जिनियाका साथीहरुले देखाउनु भएको एकता,सहयोग र संस्था प्रतीको माया र ज़िम्मेवारीको निम्ति सबै प्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले कालान्तरमा च्याप्टरले अझै बढ़ीं साथसहयोग पाउने र एकता अझै मज़बुत हुने अपेक्षा सहित सबै प्रति आभार व्यक्त गरेका छन् ।