चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाद्धारा मेलम्ची र हेलम्बुलाई यति धेरै रकम सहयोग गर्ने — OSNepal

चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाद्धारा मेलम्ची र हेलम्बुलाई यति धेरै रकम सहयोग गर्ने

LC (KTM) June 19, 2021 0

भक्तपुर, ५ असार- चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।चाँगुनारायण नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई रु. १० लाख र हेलम्बु गाउँपालिकालाई रु. पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेचम्ची जानु भएको छ ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई रु. २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुरयाउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले मेलम्चीलाई रु. ११ लाख ११ हजार १११ र हेलम्बुलाई रु. ११ लाख ११ हजार १११ गरि रु. २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय अनुसार रकम बैँक मार्फत पठाउने उहाँले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर