भारतले खोप नदिएपछि चीनतर्फ फर्क्यो सरकार, ४० लाख डोज खरिद गर्ने — OSNepal

भारतले खोप नदिएपछि चीनतर्फ फर्क्यो सरकार, ४० लाख डोज खरिद गर्ने

LC (KTM) June 19, 2021 0

काठमाडौँ । सरकारले सम्झौता गरेर पनि भारतबाट खोप नआएपछि अब उत्तरी छिमेकी मित्रराष्ट्र चीनबाट खोप खरिद गर्ने तयारी अघि बढाइएको छ । सरकारले निटक भविष्यमा नै चीनबाट ४० लाख डोज खोप खरिद गर्न लागेको हो । चीन सरकारले यसअघि १८ लाख डोज खोप भने अनुदानमार्फत नेपाललाई उपलब्ध गराइसकेको छ ।यो खबर राजधानी दैनिकमा छ।

खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले खोप खरिद गर्न सो सर्त पालना गर्न तयारसमेत भएको छ । नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्यलगायतका विषय सार्वजनिक नगर्ने गरी ‘डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने सर्त अघि सारेको थियो ।

प्रधानमन्त्री निवास बालुटावरमा हालै बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ४० लाख डोज खोप खरिद गर्न लागिएको जानकारी गराएका थिए । कोरोना नियन्त्रणका खोप अपरिहार्य रहेको बताउँदै खोप खरिदको गृहकार्य भइरहेको उनले स्पष्ट पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर