साँवा र ब्याजको रकम पाउँदा पनि एन आइसी एसीया बैंकले यसरी खेल खेल्यो, धापासीमा रहेको २४ रोपनी जग्गामा (भिडियोसहित) — OSNepal

साँवा र ब्याजको रकम पाउँदा पनि एन आइसी एसीया बैंकले यसरी खेल खेल्यो, धापासीमा रहेको २४ रोपनी जग्गामा (भिडियोसहित)

LC (KTM) July 14, 2022 0

काठमाडौं ३० असार । एन आइसी एसीया बैंकले नेपाल राष्ट्रको बैकको निर्देशन उल्लघन गरेको छ । साँवा र ब्याजको रकम पाउँदा पनि एनआइसी एसिया बैठकले टोखा नगरपालिका धापासीमा रहेको २४ रोपनी ९ आना जग्गामा निमार्ण रोकिएको अपाटमेन्टको जग्गा छाडेको छैन ।

अपाटमेन्ट बनाउन काम भइरहँदा धेरै अपाटमेन्ट खरिदकार्ताहरुले आफ्नो फ्ल्याटको रकम दिएर बुकिङ गरेका थिए । त्यती बेला नेपाल राष्ट्र बैठकले घर जग्गा निति कारोवारमा फेरबदल गरेपछि त्यतिबेलाका नाम चलेका व्यवसायी सुदिर बस्नेत डुबे ।

साँवा ब्याज सहित २२ करोड ६० लाख ४१ हजार २ सय रुपैंया बाँकी रहेको भन्दै एनआइसी एसिया बैठकले १० वर्ष अघि नै आफैले त्यो जग्गा लियो ।

सो जग्गा लिलाम गर्दा एन आइसी बैकलाई नेपाल राष्ट्र बैकले एक पत्र पठाएको थियो । जसमा बुकिङ वापतको रकम फिर्ता समेत नगरेको कारणमा पिडितहरुबाट विभिन्न उजुरी र गुनासो परेकोले निज बुकिङकर्ताहरुको हित समेत संरक्षण हुने गरी संयुक्त, आवासको स्वामित्वमा रहने गरी जारी परिपत्रको आधारमा रही नियम अनुसार अगाडी बढ्न आदेश दिएको थियो ।

तर, एन आइसी बैठकले यस्तो गरेन । त्यहाँ निमार्ण गरिएको सबै संरचना एन आइसी बैकले नै निमार्ण गरेको भन्दै दावी गर्दै आएको छ । अपाटमेन्ट खरिदकार्ताहरुले आफ्नो रकम भने अझै पाएका छैनन् ।

यता, अपामेन्ट बनाउने ओरेन्टल अपार्टमेन्ट विल्र्डस कम्पनीले भने आफुले साँवा र ब्याज तिरेपछि आफ्नो जग्गा फिर्ता पाउनुपर्छ भन्दै सर्वोच्च मुद्धा दायर गरेको थियो । यसको जवाफमा बैठकले उक्त स्थानमा बनेको संरचना बैकले नै बनाएको दावी गरेको छ । हेर्नुहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर