हिजो घटेको सुनको मूल्य आज भने ह्वात्तै बढ्यो — OSNepal

हिजो घटेको सुनको मूल्य आज भने ह्वात्तै बढ्यो

LC (KTM) July 14, 2022 0

काठमाडौं, ३० असार:

नेपाली बजारमा बिहीबार सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९३ हजार आठ सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर