‘कमेडी हब’मा जम्दै चर्चित रंग पत्रकार प्रभात लामा, पुण्य गौतमको गरे जस्ताको त्यस्तै नक्कल — OSNepal

‘कमेडी हब’मा जम्दै चर्चित रंग पत्रकार प्रभात लामा, पुण्य गौतमको गरे जस्ताको त्यस्तै नक्कल

LC (KTM) July 14, 2022 0

काठमाडैँ ।

लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे माग्ने बुढाको निर्देशनमा तयार भ एको कमेडी शो ‘कमेडी हब’ को यतिबेला चौतर्फी चर्चा चुलीएको छ ।

यो शोले दर्शकको साथ पाउँदै गइरहेका बेला रंग पत्रकारितामा सक्रिय रहेका २ संचारकर्मी प्रभात लामा र राधिका कँडेल यो शोबाट राम्रो लोकप्रियता कमाइरहेका छन् ।

राधिकाले शोमा श्रीमति, एयर होस्टेजदेखि नायिका सुष्मा कार्कीको सम्म अभिनय गरेर चर्चा कमाइरहेका बेला प्रभातले पनि आफ्नो कला देखाइरहेका छन् । सार्वजनिक पछिल्लो भागमा राधिका सुष्माको भूमिकामा देखिएकी छिन् ।

सुष्माले बोलेका विभिन्न संवादहरु बोल्दै उनी सरकारी कार्यलयको खरदारको भूमिकामा छन् । राधिकाले निर्वाहा गरेको एयर होस्टेज, विदेशी नागरिकको भूमिकालाई पनि दर्शकले रुचाएका थिए ।

यस्तै, ‘कमेडी च्याम्पियन २’मा समेत सहभागी भएका प्रभात लामाले कहिले राजेन्द्र खड्गी त कहिले पुण्य गौतमको नक्कल गरिरहेका बेला प्रभातले पछिल्लो शोमा पुण्ण् गौतम बनेर निकै चर्चा कमाइरहेका छन् ।

यो शोमा व्यस्त भएपछि राधिका र प्रभातलाई अन्य शोबाट समेत राम्रो अफर आउन थालेको उनीहरु निकट स्रोतले जनाएको छ । हेर्नुहोस् मिडिया हबको निर्माणमा तयार कमेडी शो ‘कमेडी हब’को पछिल्लो श्रृखला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर