राजमार्गमा पुल नहुँदाको समस्या भोग्दै स्थानिय — OSNepal

राजमार्गमा पुल नहुँदाको समस्या भोग्दै स्थानिय

LC (KTM) June 19, 2021 0

गुल्मीको मदन भण्डारी राजमार्ग ९तम्घास–सिमलटारी सडक० अन्तर्गत रोदी खोलामा युवाहरुले मोटरसाइकल पार गराउँदै । मदन भण्डारी राजमार्ग २८ किलोमिटर पिच भएपनि सडकको बीचमा पर्ने पाचँओटामध्ये कुनै पनि खोलामा पुल नहुँदा नागरिकलाई समस्या भएको छ ।

लुम्बिनी विकास कोषलाई स्वास्थ्य समाग्री सहयोग-:चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको रु ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ ल्याइएको छ ।

कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पिपिई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार बिहान काठमाडौँ आइपुगेको जानकारी दिनुभयो ।

चिनियाँ भगिनी संस्थाको पहलमा अनुदानमा प्राप्त सामग्री सक्दो छिटो लुम्बिनी पठाउने तयारी भइरहेको राइले बताउनुभयो ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित छ । यी दुबै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचिमा सुचिकृत छन् । लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ ।

यसअघि लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतवार काठमाडौँ ल्याइएको थियो । असल मित्र र साझेदारको नाताले लसानले कठिन समयमा नेपाललाई सद्भावको स्वरुप ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएको छ ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर