साउन १३ गतेबाट प्रदर्शन हुँदै चलचित्र ‘पानी फोटो’,माओवादी द्वन्द्वमा बेपत्ता भएको कथा — OSNepal

साउन १३ गतेबाट प्रदर्शन हुँदै चलचित्र ‘पानी फोटो’,माओवादी द्वन्द्वमा बेपत्ता भएको कथा

LC (KTM) July 14, 2022 0

काठमाडौं :

दशक लामो माओवादी ‘जनयुद्ध’मा धेरै नेपाली नागरिक बेपत्ता भए । ‘एकदिन घर फर्कने’ आशामा उनीहरूका आफन्त कुरिरहेका छन् ।नाट्य क्षेत्रमा सक्रिय रंगकर्मीले तिनै बेपत्ता भएकाको परिवारको पीडा समेटेर चलचित्र ‘पानी फोटो’ निर्माण गरिएको छ ।राजधानि दैनिकमा खबर छ । राजधानीमा मंगलबार एक समारोहबीच ट्रेलर रिलिज गरिएको चलचित्र आगामी १३ साउनबाट सार्वजनिक प्रदर्शन हुने निर्माता रोजिता सिटौलाले जानकारी दिइन् ।‘पशुपतिप्रसाद’, ‘धनपति’, ‘टलकजंग भर्सेज टुल्के’सहित थुप्रै चलचित्रमा अभिनय गरेका खगेन्द्र लामिछानेले ‘पानी फोटो’ निर्देशन गरेका हुन् । यस फिल्मका निर्मातासमेत रहेका उनले लेखनको भूमिका पनि निर्वाह गरेका छन् ।

माओवादी ‘जनयुद्ध’मा हराएकाको परिवारका पीडा नजिकबाट नियालेका कारण उनीहरूको कथामा चलचित्र तयार गरेको लामिछानेले बताए । ‘हामीले माओवादी जनयुद्धको कथा नउठाए आगामी पुस्ताले यति ठूलो युद्ध’दयगत जानकारी पाउने छैनन्,’ उनले भने, ‘यही कारण बेपत्ता नागरिकका परिवारको पीडा पानी फोटोमा उतारेको हुँ ।’

फिल्ममा खगेन्द्रसहित अनुप बराल, मेनुका प्रधान, माओत्से गुरुङ, रवीन्द्र झा, मल्लिका महत, प्रकाश घिमिरेलगायतको मुख्य भूमिका छ । चेला खगेन्द्रले आफ्ना लागि दिएको भूमिका निकै कठिन भएको अनुप बरालको अनुभव छ ।

अभिनेत्री मेनुका प्रधानले उमेरभन्दा दोब्बर महिलाको भूमिका निभाउन निकै मेहनत गर्नुपरेको सुनाइन् । उमेरले ३० पुग्नै लागेकी उनी फिल्ममा ५० पुग्न लागेकी महिलाको भूमिका छिन् ।

सन्तान हराएर सधैं खोजीमा भौतारिनुको पीडा निकै दर्दनाक हुने गरेको उनी बताउँछिन् । ‘त्यो सन्तान आउँछ भन्ने आशामा बस्दै गर्दा समाजले जबर्जस्ती किरिया गर्न लगाउँदाको पीडा पनि फिल्ममा हेर्न पाउने’ मेनुकाको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर