खानेतेलको मूल्य १२० रुपियाँ महँगियो — OSNepal

खानेतेलको मूल्य १२० रुपियाँ महँगियो

LC (KTM) June 19, 2021 0

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्य मुखी तेल ९सनफ्लावर० र भटमासको तेल ९सोयाविन तेल० महँगिएको छ ।

कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लावर तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ ।

सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ । घिउ–तेल उत्पादक उद्योगीहरु तेलको मूल्य नेपालभन्दा विश्व बजारमा अझै बढी दरले बढेको दाबी गर्छन् ।

वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीप कुमार अग्रवालले तेलको मूल्य बढ्नुको मुख्य कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताए यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

उनले अन्य कारणले पनि मूल्य बढेको र त्यसमा प्याकिङमा प्रयोग हुने सामान, खानेतेलमा बढेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर