काठमाण्डाँ ४ असार । नेपाली कांग्रेसको आज बसेको केन्द्रिय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ ।सभापति शेर बहादुर देउवाले राखेको महाधिवेशनको संशोधित कार्यतालिकालाई पार्टी कार्यालय सानेपामा आज शुक्रबार बसेको बैठकले पारित गरेको हो ।
संशोधित कार्यतालिका अनुसार पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । साथै साउन १२ गते भने वडा अधिवेशन सुरु हुने छ । साउन १६ मा गाउँ र नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको थियो
बैठकले संसद विघटन पछि लोकतन्त्रको मुल्यमान्यता कमजोर भएको पनि निष्कर्षमा निकालेको छ । जसको पाँच दलीय बिपक्षी गठबन्धनलाई मजबुद बनाउनुपर्ने पनि निणर्य निकालेको छ ।