काठमाडौँ ४ असार । नेकपा एमाले मिलाउन पाटीका दोस्रो तहका नेताहरु लागि परेका छन् । आज अध्यक्ष केपी ओली समुह र माधव नेपाल समुहका दोस्रो तहका नेताहरुको ललितपुरको समिट होटलमा भेटघाट भएको छ ।
आज करिब २ घण्टा लामो छलफलमा पार्टी एकताको लागि मिलन बिन्दु खोजीएको छलफलमा सहभागी एक नेता बताए । ओली समुहका सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका थिए भने नेपाल समुहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टको सहभागी रहेको बताइएको छ ।
पार्टी एकताको लागि निरन्तर प्रयासमा रहेका दोस्रो तहका नेताहरुको छलफल निरन्तर रहेको अगाडी बढिरहेको छ । नयाँ पार्टी खोल्न समेत तयारी अवस्थामा रहेका नेपालले ओली सामु ६ बुँदे माग राखेका छन् ।