काठमाडौं । यतिवेला नायिका नीता ढुंगानाको बिहेका भिडियो फुटेजहरुले टिकटक भरिएका छन् ।यहि टिकटकमा भाइरल बनेका छन् उनका पूर्वप्रेमी आमेश भण्डारी । उनका भिडियोहरुलाई अनेक किसिमले सम्पादन गरेर ट्रोल गर्ने काम भइरहेको छ ।
नीताको बिहे भएकै दिन आमेशले सपनीमा आयौ तिमी विपनीमा गयौ, माया लाग्छ तिम्रो अझै निष्ठूरी किन भयौ‘भन्ने गीतमा टिकटक बनाएपछि ट्रोलरलाई मसला त यसै पुगि गो । यही भिडियोपछि आमेशको ट्रोल सुरु भएको हो । नीतालाई नै ‘डेडिकेट’ गर्दै आमेशले यो भिडियो हालेको धेरैले अनुमान गरेका छन् ।
यसो त म् नीताको बिहेपछि आमेश स्वयम पनि टिकटकमा बढी सकृय देखिखएका छन् । आमेशको पुरानो भिडियोहरुलाई नीताको बिहेको भिडियोहरुमा जोडेर रमाइला–रमाइला टिकटकहरु आइरहेका छन् । । आमेश स्वयम् नीताको बिहेपछि टिकटकमा सक्रिय देखिएका छन् ।
हरिहरभन्दा अघि नीता चार वर्ष आमेशसँग रिलेसनसीप थिइा् । तर, उनीहरुको सम्बन्ध दिगो रहन सकेन । गायन क्षेत्रमा सक्रिय आमेशले नीतासँग प्रेममा परेपछि चलचित्रमा पनि इन्ट्री गरेका थिए । दिनेश डिसीले निर्देशन गरेको चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ मा नीता र आमेशले अनस्क्रिन जोडीको रुपमा अभिनय गरेका थिए ।