पुजा शर्मा र सलोन बस्नेतको मुख्य भूमिका रहेको ब'द्री बहादुर' नेपाल भन्दा पहिला अष्ट्रेलियामा प्रदर्शन हुने — OSNepal

पुजा शर्मा र सलोन बस्नेतको मुख्य भूमिका रहेको ब’द्री बहादुर’ नेपाल भन्दा पहिला अष्ट्रेलियामा प्रदर्शन हुने

LC (KTM) July 12, 2022 0

काठमाडौं:

निर्देशक शोभित बस्नेत निर्देशित सिनेमा बद्री बहादुर नेपालअघि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । सिनेमाको आगामी जुलाई ३० तारिखमा सिड्नी, लगायत चार शहरमा रिलिज गर्न लागिएको छ । सिनेमा रिलिजकको लागि शोभित केहीदिन अघि अष्ट्रेलिया गएका थिए । सिनेमाको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् ।

सिनेमालाई संचारकमर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन । एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।राजधानि दैनिकमा खबर छ ।

सिनेमामा पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । ‘बद्री बहादुरमा जय किसन बस्नेत छुल्ठिम गुरुङ,राजिब जंग बस्नेत धिरेन शाक्य, अभिनय रहेको छ । यही सिनेमाबाट एलिना गुरुङ नेपाली सिनेमामा डेव्यु गरेकका थिए ।

सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नूत्य निर्देशन, शंकर महर्जनको द्वन्द रहने छ । ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन रहने छ । मुख्य सहायक निर्देशक स रामजी राउत,रहेको छ कमेडी जनराको सिनेमा ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर