प्रदेश १ मा आज एकै दिन यति धेरैले कोरोनालाई जिते — OSNepal

प्रदेश १ मा आज एकै दिन यति धेरैले कोरोनालाई जिते

LC (KTM) June 18, 2021 0

प्रदेश १ मा आज १ हजार ७४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माआज ३७१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा ७२, इलाममा ७, पाँचथर, ते¥हथुम र भोजपुरमा ५–५, संखुवासभामा ४, धनकुटामा २, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ७८, बेलबारीमा २७, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचा र उर्लाबारीमा ७–७, बुढीगंगामा ५, सुनबर्षी र कटहरीमा४–४, केराबरी र रतुवामाईमा २–२, ग्रामथान, जहदा, लेटाङ, मिक्लाजुङ र रंगेलीमा १–१ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा २९, इटहरीमा २८, बराहक्षेत्रमा २२,दुहवी र रामधुनीमा ६–६, गढीमा ४, इनरुवामा ३, बर्जुमा २, हरिनगर र भोक्राहामा १–१, झापाको विर्तामोड र मेचीनगरमा १६–१६, भद्रपुरमा १४, कनकाईमा ९, दमकमा ७, गौरादहमा ५, अर्जुनधारामा ३, हल्दिबारी र बुद्धशान्तिमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको इलाम नगरपालिका र सुर्योदयमा २–२, माई, चुलाचुली र रोङमा १–१, पाँचथरको हिलिहाङमा १ र स्थानीयतह नखुलेका ४, ते¥हथुमको म्याङलुङमा ३ र स्थानीयतह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र अरुणमा २, संखुवासभाको सभापोखरी र चैनपुरमा २–२, धनकुटाको छथर र चौविसेमा १–१, ताप्लेजुङको फुङलिङ रउदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६७ हजार ५९९ पुगेको छ । सक्रिय संक्रमितका संख्या १२ हजार ४०२ रहेको छ । प्रदेश १ मा आज १ हजार १७१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १७६ महिला र १९५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर