झापाका सिधान्त खड्का सिङ्गीङ सुपरस्टारको खुल्ला भोटिङ चरणमा, भोट गरिदिन गरे आग्रह — OSNepal

झापाका सिधान्त खड्का सिङ्गीङ सुपरस्टारको खुल्ला भोटिङ चरणमा, भोट गरिदिन गरे आग्रह

LC (KTM) July 10, 2022 0

इमेज एचडी च्यानलबाट प्रसारण हुँदैआइरहेको रियालिटी शो गायन प्रतियोगिता सिङ्गीङ सुपरस्टार झापाका सिधान्त खड्काले सहभागिता जनाएका छन् । कमल–४ किराँत चौक निवासी गायक खड्काले आईतबार दमकमा पत्रकार भेटघाट गरेर सिङ्गीङ सुपरस्टारको खुल्ला भोटिङ चरणमा पुगेको जानकारी दिए । पत्रकार भेटघाटमा सिधान्तले नेपाली गीत–संगीतको क्षेत्रमा मोफसलबाट क्रियाशिल रहदैं आइरहेको बताए ।

उनले एक दर्जन गीतहरु रेकर्ड गराइसकेको बताए । सिधान्तले नेपाल टेलिभिजनबाट प्रसारण भइसकेको नेपाल स्टारमा सभागिता जनाएका थिए । उत्कृष्ट प्रस्तुतीका साथ उनी त्यसवेला नेपाल स्टारमा टप–६ सम्म पुग्न सफल भए । गीत–संगीतका निम्ति प्रतिभाहरु खोजी गर्ने क्रममा इमेज एचडीले कार्यक्रम आयोजना गरेको गायक सिधान्तले जानकारी गराए ।

उनका अनुसार बिभिन्न समय र टेलिभिजनहरुबाट भइसकेको रियालिटीशो मार्फत गायक–गायीकाको रुपमा स्थापितहरुले इमेज एचडीले प्रसारण सिङगीङ सुपरस्टारमा सहभागिता जनाएका गायक सिधान्तले जानकारी दिए । सिङ्गीङ सुपरस्ट्रारमा गायक सत्यराज आचार्य, गायक स्वरुपराज आचार्य, गायक सञ्जय श्रेष्ठ र गायीका मिलन नेवारले छनौट गरिरहेका छन् । पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन गायक नन्दु गुरुङले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर