पुर्व माओवादी र माओवादी केन्द्र नेताहरुको जम्काभेट निवार्चन आयोगमा, किन पुगे एकैदिन आयोग ? — OSNepal

पुर्व माओवादी र माओवादी केन्द्र नेताहरुको जम्काभेट निवार्चन आयोगमा, किन पुगे एकैदिन आयोग ?

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । पुर्वमाओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका पुर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र प्रभु साह आज शुक्रबार निवार्चन आयोग पुगेका छन् । आयोग पुगेका उनीहरुले आयोग पदाधिकारीसँग निर्वाचनका बारेमा छलफल गर्नुका साथै आफुहरुलाई माओवादी केन्द्रले गरेको कारबाहीको विवरण समेत मागेका थिए ।

रायमाझी र साह आयोगबाट बाहिरिएसँगै माओवादी केन्द्रका नेताहरू दिनानाथ शर्मा, रामनारायण बिँडारी, लिलामणि पोखरेल र मुक्ति प्रधान पनि आयोग पुगेका थिए । आ आफ्नो काम लिएर यी नेताहरु आयोग पुगेका हुन् । माओवादी केन्द्रका नेताहरु भने पार्टी परिर्वतन गरी कारवाहीमा परेका स्थानीय तहका पदाधीकारीहरूको सूचना निकाल्न किन ढिलाइ भएकोबारे जान्न आयोग पुगेका थिए । नेताहरुले आयोगसँग माओवादी छाडेकाहरूको नामावली सार्वजनिक गर्नबारे छलफल समेत गरेका थिए ।

यी दुवै समुह आयोगबाट बाहिरिए सँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सुमह आयोग पुगेको थियो । यादव समुह भने पार्टीको आधिकारिकता दाबी गर्न आयोग पुगेका थिए । पछिल्लो समय महन्थ ठाकुर समुका नेताहरु सरकारमा सहभागी भएपछि विवादमा पुगेको जसपा फुटको संघारमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर