काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी हरिहर अधिकारीले शुक्रबार लगनगाँठो कसे । वैवाहिक समारोहको अन्तिम दिन आजपाँचतारे होटल याक एण्ड यतिमा रिसेप्सन आयोजना गरिएको बताइएको छ । रिसेप्सनमा फिल्म, मिडिया, राजनीति क्षेत्रसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई निम्तो दिइएको छ ।
जसमा कांग्रेस नेता गगन थापा, अभिनेता राजेश हमालसहितका सेलिब्रिटी आउने बताइएको छ । रिसेप्सनमा बलिउड अभिनेता प्रदीप रावत आउने भनिए पनि उनी अन्तिम समयमा आएर नआउने बताइएको छ ।
शुक्रबार नीतालाई कीर्तिपुरस्थित हरिहरको घरमा भित्र्याइएको थियो । नीता र हरिहर दुवैले स्वयंवरबाट बिदाइका तस्वीर सेयर गरेका छन् । बिहे सकिएलगत्तै दुवै जना निर्माण हुन लागेको आफ्नो नयाँ फिल्म ‘ह्रस्वदीर्घ’मा व्यस्त हुने भएका छन्