काठमाडौँ ४ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केहि बेर अगाडी सुरु भएको छ । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका निर्धारण गर्न आजको बैठक बसेको हो । हिजो बसेको बैठकले महाधिवेशनको समय हेरफेर गर्ने निणर्य गरेपछि आज त्यसको अनुमोदन गर्न बैठक बसेको कांग्रेसले जनाएको छ ।
हिजो बिहिबार बसेको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले पेश गरेको संशोधित कार्यतालिकामा साउन १२ गते वडा अधिवेशन, साउन १६ मा गाउँरनगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको थियो ।
त्यस्तै , एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते हुने,दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ गते र अधिवेशन भदौ १ र २ गते हुने गरी कार्यतालिका संशोधन गरिएको छ ।