काठमाडौं । चलचित्र लण्डन टु पेरिसको लण्डमा छायाकंन सुरु भएको छ । चलचित्रको हिजो शुक्रबार शुभ मुहूर्त गरिएको हो । लण्डनमा फिल्म ३० दिन सुटिङ गर्ने र त्यसको केही समयपछि पेरिसमा ७ दिनको सुटिङ सेड्युल रहेको बताइएको छ ।
घनश्याम लामिछानेको निर्देशनमा बन्ने उक्त चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कबिर खड्का लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्र गौतम प्रडक्सोन र ए बि इन्टरनेशनलको संयुक्त ब्यानरमा बन्न लागेको हो ।
चलचित्रमा अमित बस्नेत , अजित कुमार थापा र परि राणाको लगानी रहेको छ भने चलचित्रमा ५० प्रतिशतभन्दा बढी प्राविधिकहरू भारतबाट रहेका छन् ।