बच्चाले झगडा गरेको बिषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा ज्यान गयो यादवको, ८ जना घाइते — OSNepal

बच्चाले झगडा गरेको बिषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा ज्यान गयो यादवको, ८ जना घाइते

LC (KTM) June 18, 2021 0

रुपन्देही, ४ असार- कोटहीमाई गाउँपालिका-२ कालवारीमा बच्चाले झगडा गरेको बिषयलाई लिएर छिमेकीबिच कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय साधु यादवको बिहीबार राति मृ त्यु भएको छ ।

छिमेकीबीच कुटपिट हुँदा ८ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृ त्यु भएको हो ।

कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ ।कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर