काठमाडौं :
अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी आज बिवाह बन्धनमा बाधिएका छन् । उनीहरु दरबारमार्गस्थित याक एण्ड यति होटलमा बिवाह बन्धनमा हुन् । ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले शुक्रबार बिहे गरेका हुन्।
उनीहरुको बिहेमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन्। बिहे पछि यो जोडीले भब्य पार्टी दिने बताइएको छ । उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्।
रिसेप्सनका लागि ‘गजनी’का भिलेन प्रदीपसिंह रावत पनि आउने चर्चा छ। बिहेपछि नीता र हरिहर फिल्म ह्रस्व दीर्घुमा व्यस्त हुनेछन्।