एजेन्सी । बलिउड अभिनेत्री रिया चक्रवर्ती छिट्टै बंगाली फिल्म मा काम गर्ने भएकी छन् । राम्रो बंगाली बोल्ने उनले यो फिल्ममा काम गर्ने अबसर पाइन् भने उनको करियरको लागि राम्रो हुने बताइएको छ । निर्माताराणा सरकारसँग उनले काम गर्न सक्ने बताइएको छ । रियाको करियर बिना दोष नै बर्बाद भएको बतताउदै उनले फिल्मका लागि रिया फिट रहेको राणले बताए ।
राणाले भने, ‘फिल्मका लागि रियाका म्यानेजरसँग सम्पर्कमा छु, तर उनले अहिलेसम्म निर्णय गरेका छैनन् । हामीसँग स्क्रिप्ट तयार छ र यसमा रिया मुख्य अभिनेत्रीको रूपमा फिट हुन्छिन् ।’ राणाले थपे, पछिल्ला केही वर्षमा उनले धेरै समस्या भोगेकी छिन् र अझै पनि मुम्बईमा फिल्म पाइरहेकी छैनन् ।’सन् २०१३ मा बलिउड फिल्म ‘मेरे डैड की मारुति’ पाइला राखेकी रियाले ‘जलेबी’ पछि रिया मिस्ट्री थ्रिलर ‘चेहरे’ मा मात्र देखिएकी थिइन् ।
रियाका प्रेमी सुशान्त सिंह राजपुतको १४ जुन २०२० मा मुम्बईमा निधन भयो। त्यसबेलादेखि एनसीबी लागूऔषध मुद्दामा अनुसन्धान थालिएको थियो र रिया चक्रवर्तीलाई सेप्टेम्बर २०२० मा पक्राउ गरिएको थियो ।