मातृत्वको अनुभव पछि चर्चित नायिका प्रियंका कार्कीको सेटमा कमब्याक, आफ्नो तौललाई लिएर दिईन् यस्तो प्रतिक्रिया — OSNepal

मातृत्वको अनुभव पछि चर्चित नायिका प्रियंका कार्कीको सेटमा कमब्याक, आफ्नो तौललाई लिएर दिईन् यस्तो प्रतिक्रिया

LC (KTM) July 07, 2022 0

नेपाली सिने जगतमा सधै चर्चाको शिखरमा रहने गरेकि अभिनेत्री प्रियंका कार्की २ बर्षको गर्भवती र सुत्केरी अवस्था पार गर्दै पुनः सेटमा उभिएकी छिन् । यो अवधीमा उनले छोरी आयंकालाई हुर्काएकी छिन् । उनले मातृत्वको राम्रै संग अनुभव लिईरहेकी छिन् । आमा बनेपछि अत्याधिक मोटाएकी अभिनेत्री कार्कीले सेटमा फर्कन एकदमै कडा मेहनत र परिश्रम गरेकी छिन् ।

उनले केही महिनाको अन्तरालमा आफुलाई एकदमै फिट राख्न सफल भएकी छिन् । उनको भनाइअनुसार उनी आमा बनेपछि ९७ केजीको थिइन् । लकडाउनको समयमा आमा बनेकी प्रियंका केही समय यतासम्म छोरीको हेरचाहमा व्यस्त देखिन्थिन् । अहिले उनले अत्याधिक तौल घटाएकी छिन् । उनलाई अब तिजको गीतमा छमछम नाचेको देख्न पाईने भएको छ । उनले यो खुशीको क्षणलाई सामाजिक सञ्जाल मार्फत पोख्न भ्याएकी छिन् ।

उनी लेख्छिन, -‘२ वर्षपछि फिल्म सेटमा फर्किएँ तर यत्रो समयपछि फर्किँदा पनि यस्तो लाग्यो कि मैले कहिल्यै सेट छाडेकै थिइनँ, मैले सेटलाई धेरै मिस गरेको रैछु । मेरो प्यारी मायासँग शूटिङ गर्न पाउँदा धेरै रमाइलो लाग्यो ।’ तौलका कारण धेरैलाई आफु सेटमा कमब्याक हुनेमा बिश्वास नरहेको बताउँदै उनले आफु अहिले पनि पहिला जत्तिकै फुर्तिलो र एनर्जेटिक रहेको प्रतिक्रिया दिईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर