नेकपा एमालेको सरकार ढलेपछि मुख्यमन्त्री बनेका नेपालीबाट आफुलाई बहुमत भएपनि एमालेको समर्थन माग — OSNepal

नेकपा एमालेको सरकार ढलेपछि मुख्यमन्त्री बनेका नेपालीबाट आफुलाई बहुमत भएपनि एमालेको समर्थन माग

LC (KTM) June 18, 2021 0

पोखरा ४ असार । विपक्षी गठबन्धको समर्थनमा मुख्यमन्त्री बनेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेश सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा नेकपा एमालेको पनि समर्थन मागेका छन् । नेकपा एमालेको सरकार ढलेपछि मुख्यमन्त्री बनेका नेपालीले आफुलाई बहुमत भएपनि एमालेको समर्थन माग गरेका हुन् ।

यता एमलोले भने नेपालीलाई समर्थन गर्न नसकिने बताएका छन् । सदनलाई विघटन तर्फ जान नदिनको लागि र सदनको स्थायित्वको लागि आफ्ना गठबन्धनका साथीहरुले आफुलाई विश्वासको मत लिने बताएका नेपालीले भने, ‘देव्रेतिर बस्ने –विपक्षी एमाले साथीहरुसँग पनि समर्थनको लागि आग्रह गर्छु’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर