तल्लो जातको भन्दै कोठा भाडा नदिएको घरबेटीविरुद्ध सञ्चारकर्मी रूपा सुनारले प्रहरीमा जाहेरी दिएकी छिन् । संचारकर्मी सुनारले तल्लो जात भन्दै कोठा भाडा नदिएकी काठमाडौं महानगरपालिका– ११ बबरमहलकी सरस्वती प्रधानविरुद्ध बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गराएकी हुन् ।
उनले आफूमाथि भएको विभेदविरुद्ध अधिकारकर्मी , पत्रकार र कानून व्यावसायीको उपस्थिती र छलफल जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन, २०६८ अनुसार प्रहरीमा जाहेरी दर्ता गराएकी हुन् । आफूलाई तल्लो जातको भन्दै प्रधानले कोठा भाडामा नदिएको पीडित सुनारको गुनासो छ । कोठा दिन अस्वीकार गर्ने घरबेटीविरुद्ध कारबाही हुनु पर्ने पीडित सुनारको माग छ।
मंगलबार उनी साथीसँग कोठा खोज्न प्रधानको घरमा पुगेकी थिईन् । प्रधानको घरमा कोठा खाली थियो । कुराकानी पछि कोठा दिन मन्जुर भएको, कोठा दिइसकेपछि घरधनी प्रधानले कुन थरको भन्ने प्रश्न गरेको र जवाफमा सुनारले ‘ कामीकी छोरी’ भनेकी थिइन् । जवाफ सुन्ने बित्तिकै घरधनी प्रधानले अनकनाउँदै साँझ फोनमा जानकारी दिने बताइन्।
साँझमा रुपासँगै गएकी साथीलाई फोन गरेर यस्तो मान्छे किन ल्याएको भन्दै त्यस्तालाई कोठा दिन नमिल्नै भन्दै जवाफ दिएकी थिइन् । घरबेटीको घरमा कोठा खाली भएपछि रुपाकी साथीलाई कोठा बस्ने मान्छे समेत लिन आग्रह गरेकी थिईन्। घटना लगत्तै सुनारले मंगलबार साँझ आफूमाथि माथि भएको जातीय विभेदको बारेमा भिडियो सार्वजनिक गरेकी थिईन्।