जाजरकोट – जाजरकोटको कुशे गाँउपालिकाको जलजला पाटन क्षेत्रमा हराइरहेका सातै जना सकुशल फेला परेका छन्। घरपालुवा गाई, भैंसी, बाख्रा, भेडा लगायतका पशु चौपाया लिएर पाटन पुगेका कुशे गाँउपालिका (८ औलरिजा र वडा नम्बर ९ पैकका ११ जना मध्ये सात जना शकुशल फेला परेको बताइएको छ ।
उनीहरुलाई प्रहरी र स्थानिय बासिन्दाले उद्धार गर्न सफल भएका हुन् । । जलजला लेकको एक खोचमा सातै जना गुटमुटिएर बसेका थिए। उद्धार गरिएकाहरु पाँच दिनदेखि खानेकुरा पानी समेत नखाएको र चिसोले गर्दा निकै कमजोर रहेको बतायएको छ । उनीहरुलाई चाउचाउ, विस्कुट लगायतका खानेकुरा खुवाएर पाटनबाट तल घरतिर झार्ने काम भइरहेको बताइएको छ ।
कुशे गाँउपालिका( ८ औलरिजाका डिलबहादुर खड्का, विक्रम खड्का, चन्द्रा खड्का, भविन्द्र खड्का, भीमबहादुर खड्का,धनसरा खड्का र सोही गाँउपालिका वडा नम्बर ९ का कृष्ण रोकाय सकुशल फेला परेका हुन्। हराइरहेका २२ गाई, ५० बाख्रा र १० भैंसी भने अझै फेला पर्न नसकेको बताइएको छ ।