सामुहिक बलात्कार मुद्धामा फरार अभियुक्त १४ वर्ष पछि पक्राउ — OSNepal

सामुहिक बलात्कार मुद्धामा फरार अभियुक्त १४ वर्ष पछि पक्राउ

LC (KTM) June 18, 2021 0

सप्तरी ४ असार । सामुहिक बलात्कार मुद्धामा फरार अभियुक्त १४ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सकरपुरा गाविस-७ (हाल तिलाठी कोइलाडी गाउँपालिका)३०का लफन्दर भनिने ओमप्रकाश मुखिया रहेका छन् । उनीमाथि गाई चराउन गएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लागेको थियो । घटना २०६४ साल असोज ९ गते को हो ।

उनीमाथि बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो । घटनामा संलग्न एक जना अझै फरार रहेका छन् । पक्राउ गरेपछि मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर