पुष्पा २ को बजेट डब्लियो , अल्लु संगै बिजय सेतुपतिको धमकेदार ईण्ट्रि — OSNepal

पुष्पा २ को बजेट डब्लियो , अल्लु संगै बिजय सेतुपतिको धमकेदार ईण्ट्रि

LC (KTM) July 06, 2022 0

साउथका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पाले बक्स अफिसमा धमाका मच्चाएको छ । यो फिल्म धेरै भाषामा रिलिज भएपनि यसको हिन्दी संस्करणले भने निकै कमाई गरेको थियो । फिल्मको कथादेखि लिएर संवाद र गीत सबैले मन पराएका छन् । सबै चर्को भाइरल भयो। योसँगै फ्यानहरु यस फिल्मको पार्ट २ अर्थात् ‘पुष्पा २’ को प्रतिक्षामा छन् ।

योसँगै यो फिल्मलाई थप धमाधम बनाउनका लागि फिल्म निर्माताले यसमा राम्रो बजेट राखेका छन् ।फिल्मले बक्स अफिसमा २०० करोडको आँकडा पार गरेपछि फिल्मका निर्माताले यसपटक फिल्मको बजेट निकै बढाएका छन् । यसपटक फिल्मलाई भव्य स्तरमा बनाउने प्रयासमा निर्माताहरु लागेका छन्, त्यसपछि बाहिर आएको खबरलाई विश्वास गर्ने हो भने निर्माताले फिल्मका लागि ४ सय करोड बजेट राखेका छन् ।साथै यस पटक फिल्ममा केही नयाँ अनुहार पनि देखिने भएको छ ।

बाहिर आएको खबरलाई विश्वास गर्ने हो भने फिल्मको दोस्रो भागमा तमिल सिनेमाका चर्चित स्टार विजय सेतुपतिको एन्ट्री हुन लागेको छ । फिल्ममा विजय सेतुपति डरलाग्दो खलनायकको भूमिकामा देख्न सकिन्छ । यसैबीच, फिल्म ‘पुष्पा’को अभूतपूर्व सफलतापछि अल्लु अर्जुनले यसको दोस्रो पार्टका लागि आफ्नो पारिश्रमिक निकै बढाएको खबर पनि आएको छ । समाचार अनुसार अल्लु अर्जुनले फिल्म ‘पुष्पा २’का लागि १०० करोड पारिश्रमिक लिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर