काठमाडौं २२ असार । । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति गठन हुने भएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएको भन्दै शमामाथि छानविन गर्न समिति गठनको हुन भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीको राजीनामा माग गर्दै आएको छ । संसदमा समेत अर्थमन्त्रीलाई बोल्न नदिने स्पष्ट पारेपछि गठवन्धन दल समिति बनाउन सहमत भएका हुन् ।
संसदीय छानबिन समितिमा प्रतिपक्षी दल नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना सहभागी हुने भएका छन् ।
दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने जनाइएको छ ।
एमालेबाट
प्रदीप ज्ञवाली
खगराज अधिकारी
भानुभक्त ढकाल
विमला विक
कांग्रेसबाट
पुष्पा भुसाल
सीताराम महतो
माओवादी केन्द्रबाट
देव गुरुङ
शक्ति बस्नेत
नेकपा एसबाट
सरला यादव
जसपाबाट
सुरेन्द्र यादव
लोसपाबाट
लक्ष्मणलाल कर्ण