काठमाडौं २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले कि राजीनामा दिनुपर्ने कि प्रधानमन्त्रीले नै बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् ।
बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन् ।
बजेट निमार्ण गर्दा अनाधिकृत रुपमा बाहिरको व्यक्ति सहभागी गराउनु राष्ट्रघाती काम भएको बताएका भट्टराईले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको जिकिर गरेका छन् ।
छानबिन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने उनको तर्क राखेका छन् ।