काठमाडौं २२ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्थमन्त्री जनार्दन शर्मामाथि उठेको प्रश्नको जवाफ नेकपा माओवादी केन्द्रले दिनुपर्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले यस्तो जानकारी गराएका हुन् । अर्थमन्त्रीमाथि यति धेरै विषयमा प्रश्न उठेपछि अर्थमन्त्री र पार्टी स्वयमले जवाफ दिनुपर्ने धारणा राखेका नेता खनालले यस्ता सवालमा कसैले हेलचेक्रयाइँ गर्न नहुने बताए ।
‘गल्ती कमजोरी भए सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्छ । घटनाका विषयमा निष्पक्षरूपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ यदी सत्य भए अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’, उनले भने ।
अर्थमन्त्रालयमाथिको यो घटना निकै गम्भिर भएकाले यस विषयमा सवै विषयको उचित समाधान निकाली सदनलाई सहज रूपमा सञ्चालन गर्न दिने वातावरण बनाउन नेता खनालले आग्रह गरेका छन् ।