काठमाडौं २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन समिति गठन गर्नुअघि नेकपा एमालेले शर्माको राजीनामा माग गरेको छ । सत्तारुढ दलहरु शर्मामाथि संसदीय छानबिन समिति गठन गर्न सहमत भएपछि एमालेले भने समिति गठन हुन अगावै शर्माले राजीनामा दिनु पर्ने माग अघि सारेका छन् ।
हिजो मंगलबार शर्माको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि पश्चात आज समिति गठन गर्न सत्तारुढ दल राजी भएका हुन् ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागी गराएको सो दिनकासीसी टि भी फुटेज सम्म डिलिट गरेको भन्दै उनी विरुद्ध चौतर्फी विरोध भइरहेकोछ । अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बताएपछि यो विषयले झन् चर्चा पाएको हो ।
आज बस्ने संसद बैठकमा शर्माले आफु लागेको आरोपको खण्डडन गर्ने बताएपटि एमालेले संसदमा शर्मालाई बोल्न नदिने भएको छ ।