झापा । झापाको दमकमा लाग्दै आएको रमाइलो मेला जुवाको खुल्ला खेलका रुपमा देखिएको छ । मिनि महोत्सव नाम दिइएको उक्त मेलामा जुवाजन्य खेलहरु हुने गरेका छन् ।
पूर्वाञ्चल बहिरा संघ सहयोगार्थ दमकमा लगाइएको उक्त मेलामा ठूलो हारमार हुने गरेको जानकार स्रोत बताउँछ ।
दिनभरजसो सुनसान झै रहने मेलामा साँझ परेपछि भने निकै घुँइचो लाग्ने गर्छ । मेलामा जुवाका पारखीहरुको बाक्लो भिड उलर्ने हुँदा दैनिकजसो ठुलो रकमको हारजित हुने गरेको छ । इलाका प्रहरी कार्यालय दमक मेला स्थल नजिकै पर्छ । प्रहरीको उपस्थिती मेला स्थलमा समेत बाक्लै देखिन्छ ।
यद्यपी खुलेआम जुवा खेलाइने गरिएको छ ।मेला केही व्यक्तिका लागि दैनिकजसो कमाई खाने भाँडो समेत बन्न पुगको छ । स्वयं मेला संचालनमा खटिएका व्यक्तिहरु नै आफुहरुले सवैलाई मिलाएको र केहीले दैनिकी बुझ्ने गरेको बताउँछन् । मेला संचालकहरु कमाई नहुँदा आफुहरु डुब्न लागेको बताउँदै आफुहरुले जुवा खेलाउन नपाए निकै ठुलो घाटाको सामना गर्नु पर्ने आशय व्यक्त गर्ने गर्छन् ।