काठमाडौं २२ असार । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ । राप्रपाले शर्माले राष्ट्रिय अपराध गरेको भन्दै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने तयारी गरेको हो ।
देशको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्धको अपराध गरेको भन्दै शर्मा विरुद्ध राप्रपाले जाहेरी दिने तयारी गरेको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले बताएका छन् ।
बजेट निमार्णको समयमा शर्माले अनाधिकृत व्यक्तिलाई ल्याएर करको हेरफेर गरेको भन्दै चौतर्फी शर्माको राजीनामा माग गरिएको छ ।
पार्टी अध्यक्षसँगको परामर्शमा कानून व्यवसायीहरूसँग समेत सल्लाह गरेर जाहेरी दिने निर्णय पुगेको बताएका प्रवक्ता शाहीले प्रहरीले कानूनतः बहालबहाला मन्त्रीविरुद्ध फौजदारी आरोपमा जाहेरी दर्ता गर्न मिल्ने जनाएको छ ।
पक्राउ गर्न परेपनि सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने कानुनी प्रावधान रहेको छ ।