काठमाडौं –
अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आफ्ना कुरा राख्ने भएका छन् । प्रतिनिधि सभाको बैठकमा उनले आफ्ना कुरा राख्ने भएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन्।
आर्थिक वर्ष २०७९र८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ।विवादमा परेपछि शर्माले पहिलो पटक आफ्ना कुरा राख्न लागेका हुन् । जेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएपछि उनी थप विवादमा तानिएका थिए ।