काठमाडौं २१ असार । अर्थमन्त्री जनार्दन शर्माले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा अर्थमन्त्री शर्माले आफुले कुनै गल्ती नगरेकाले आफुले पदबाट राजीनामा नदिने स्पष्ट पारेका हुन् ।
उनले भने,‘मैले किन राजीनामा दिने ? के गल्ती गरेको छ र ?’ यता नेपाली कांग्रेसबाटै अर्थमन्त्री शर्माको राजीनामा माग गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने शर्मालाई हटाउने पक्षमा देखिएका छैनन् ।
बजेट निमार्णको समयमा अनाधिकृत व्यक्तिलाई सहभागी गराइएको भन्दै शर्माको राजीनामा प्रमुख विपक्षी दलले समेत माग गर्दै आएको छ ।
तथापी , चौतर्फी विवाद हुँदा पनि शर्मा राजीनामा दिने पक्षमा देखिएका छैनन् भने उनको बचाउमा देउवा र प्रचण्ड लागि परेका छन् ।