काठमाडौं २१ असार । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जताजतै बिचौलिया भएको टिप्पणी गरेका छन् ।
तरकारीदेखि न्यायालयसम्म, मलदेखि योजनासम्म बिचौलिया भएको टिप्पणी गरेका उनले अब त हेर्दाहेर्दै बजेट निर्माणसम्म पनि बिचौलिया भएको बताएका छन् ।
सामाजिक सञ्जाल टुवीटर मार्फत नेता भण्डारीले भनेका छन् , , ‘जताजतै बिचौलिया ! तरकारीदेखि न्यायालयसम्म, मलदेखि योजनासम्म । हेर्दाहेर्दै बजेट निर्माणसम्म !’
बिचौलियालाई राज्यका निकायले नै रातो कार्पेटमा स्वागत गरेको आलोचना गरेका उनले त्यस्ता विचौलियालाई नयाँ भेरियन्टको कडा कोरोनाको संज्ञा दिएका छन् ।
उनले अगाडि लेखेका छन्,’बिचौलियालाई रातो कार्पेट ! नयाँ भेरियन्टको कडा कोरोना !’