काठमाडौं २१ असार । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले अर्थमन्त्री जनार्दन शर्माको कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुगेको बताएका छन् ।
नेता खतिवडाले सामाजिक सञ्जाल मार्फत अर्थमन्त्री शर्मालाई अलिकति देशका बारेमा सोचिदिन आग्रह गर्दै उनले भनेका छन् , ‘ मन्त्रीजी अलिकति आफ्नो होइन, देशको बारे सोचिदिनुहोस् ।एकजना अर्थमन्त्रीका कारण मन्त्रालय, पार्टी र सरकारमात्रै बदनाम भएन देश नै बदनाम र अर्थतन्त्र समाप्त हुने अवस्थामा पुग्ने भो ।’