धनगढी २१ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको भन्दै सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको आरोप लगाएका छन् ।
मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका उनले एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको दावी गरेका छन् ।
‘हामी सरकारमा रहँदा मुलुक बचतको अवस्थामा थियो तर आज झण्डै दुई खर्बको घाटामा पुगेको छ । गठबन्धन सरकारले ९ महिनामै अर्थतन्त्र डामाडोल पारिदिएको छ,’ पोखरेलले भने ।
शेरबहादुर देउवा सरकारले एमाले नेतृत्वको सरकारको पालामा भन्दा झण्डै दोब्बरले मूल्यवृद्धि गरेको आरोप लगाएका पोखरेलले दिएको अवाञ्छित व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनुले प्रधानमन्त्रीप्रति पनि आशंका उब्जाएको बताए ।