नीताले दिइन् होटल याक एण्ड यतिमा ‘ब्याचलर पार्टी’, पार्टीमा को को थिए ? — OSNepal

नीताले दिइन् होटल याक एण्ड यतिमा ‘ब्याचलर पार्टी’, पार्टीमा को को थिए ?

LC (KTM) July 05, 2022 0

काठमाडौं । सुन्दरी नायिका नीता ढुंगानालाई यतिबेला आफ्नै विबाहको चटारो छ । करिब ३ वर्षदेखि प्रेममा रहँदै आएकी निताले सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिइन् । सिंगल जीवन सकिएको भन्दै नायिका निताले आफ्ना केही नजिकका साथीलाई सोमबार होटल याक एण्ड यतीमा ‘ब्याचलर पार्टी’ दिएका तस्विरहरु सामाजिक संजालबाट सार्वजनिक गरिन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमै बिहान १० बजेदेखि आयोजना हुने वैवाहिक कार्यक्रममा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आगामी शुक्रबार अर्थात २४ असारमा विवाह गर्न लागेकी हुन् । उनले विवाह समारोहको निम्तो समेत सबैलाई बाँडिसकेकी छन् । नीत प्रस्ट बोल्ने र बोलेको कुरा पुरा गर्ने नायिकाको परिचय बनाएकी सुन्दरी अभिनेत्री हुन् । उनले केही चर्चित भारतीय कलाकारहरुलाई लिएर पिल्म ह्स्वदिर्घको घोषणा गरेकी छिन् । जसको बजेल करिब १० करोड भनिएको छ । जुन नेपालकै अहिलेसम्मको महंगो हुने समेत दाबी गरिउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर