काठमाडौं २१ असार । नेकपा एमालेका सांसद डा भीम रावलले १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी,अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना भएको बताएका छन् । नेता रावलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पद लगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी,अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना भएको बताएका हुन् ।
राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म बन्द होस् भन्दै नेता रावलले आक्रोश समेत पोखेका छन् ।
उनले भनेका छन् , ‘पार्टीको आन्तरिक समस्या र स्वार्थका लागि मन्त्री पद लगायत राज्यका पदहरूको भागबण्डा, दुरूपयोग र १० दिनमा दुईपटक मन्त्रिपरिषद् हेरफेर गरिनु स्वेच्छाचारी,अनुत्तरदायी र अनैतिक राजनीतिको निकृष्ट नमुना हो।राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो गरी गुटस्वार्थमा होम्ने कुकर्म बन्द होस् ।’